कैलालीमा खाद्यले ५५ हजार क्वीन्टल धान खरिद गर्दै, यस्तो छ खरिद मूल्य

खाद्य तथा व्यापार कम्पनी लिमिटेड धनगढीले कैलालीका तीनवटा गोदामबाट धान खरिद गर्न सुरु गरेको छ।

प्रतिकिलो ३४ रुपैयाँका दरले धान खरिद गर्न दररेट समेत निर्धारण गरिएको छ। खाद्य तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय, धनगढीले सूचना नै जारी गरेर ३४ रुपैयाँ ११ पैसा प्रतिकिलोका दरले धान खरिद गर्ने जनाएको छ। 
धनगढीस्थित मोहनपुर गोदाम, टीकापुर र शक्ति गोदाममा आइतबारदेखि धान खरिदको काम सुरु हुँदैछ।

मोटा धान प्रतिक्वीन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा खाद्यले खरिद गर्नेछ। खाद्यले पराल, भुस, पोकटा, माटो नभएको सफा धान खरिद गर्न लागेको हो। खाद्य तथा व्यापार कम्पनी धनगढीकी निमित्त प्रमुख इन्जिला बस्नेतले शक्तिमा धान खरिद सुरु भएको बताइन। उनले भनिन, ‘हामीले सूचना सार्वजनिक गरेका छौँ। शक्तिमा धान खरिदको काम सुरु भइसकेको छ।’

खाद्य तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा प्रतिकिसानबाट ५० क्वीन्टलसम्म धान खरिद गर्ने भएको छ। मोहनपुर, टीकापुर र शक्ति गोदामबाट खाद्यले धान खरिद गर्न लागेको हो। नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यले धान खरिद गर्न लागेको हो। यो वर्ष सरकारले प्रतिक्वीन्टल धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ।

खाद्यले कैलालीका किसानबाट सोही मूल्यमा धान खरिद गर्दैछ। उनले भनिन, ‘५५ हजार क्वीन्टल कोटा छ। अहिले तीन ठाउँमा लगाएका छौँ। स्थानीय तहले गोदाम दियो भने, काटा थप गर्छाै।’ खाद्यमा धान बिक्रीका लागि किसानले वडाको सिफारिस, परिचय खुल्ने कागज र स्वघोषणा पत्र ल्याउनुपर्ने छ। खाद्यले किसानलाई धानको रकम चेकमार्फत भुक्तानी दिने भएको छ। कैलालीमा ५५ हजार क्वीन्टल धान खरिदको लक्ष्य खाद्य तथा व्यापार कम्पनीको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...