रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने  निर्णय गरेको छ।

आइतवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको सांसद गणेश पराजुलीले बताए। रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ।

सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको हो। चितवन २ पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो। सोही आसपासमा महाधिवेशन गर्ने रास्वपाको तयारी छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...