उद्योग ब्यापार संघ कपिलवस्तुले आफ्नो दोस्रो स्थापना दिवस मनायो

रिता खनाल✍️✍️

उद्योग ब्यापार संघ कपिलवस्तुले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ ।सोमबार बाणगंगा १ चारनम्बरस्थित आफ्नै भवनमा राष्ट्रिय स्वाधीनताको लागी राष्ट्रिय अर्थतन्त्र ,राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण भन्ने मुल नाराका साथ संघले आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग महासंघका केन्द्रीय वरिष्ट उपाध्यक्ष श्याम श्रेष्टले देशैभरिका संघसंस्था मध्ये उद्योग ब्यापार संघ कपिलवस्तुले विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा संघको प्रशंसा गर्नुभएकोछ । श्रेष्ठले संघले के गर्ने कस्तो काम गर्ने निति बनाएर समाज रुपान्तरमा लाग्न आग्रह गर्नुभयो ।
बाइट
त्यस्तै नेपाल उद्योग ब्यापार महासंघ केन्द्रीय वाणिज्य उपाध्यक्ष बावुराम पोख्रलले संघले स्थापना कालदेखि हाल सम्म गरेको प्रगती निकै लोभलाग्दो रहेको भन्दै परिस्थिति र समय अनुकुल बनाउदै लैजान आग्रह गर्नुभयो। युवाहरुलाई रोजगारी दिलाउदै बाहिर जाने युवाहरुलाई स्वदेशमा परिचालन गर्ने बताउनुभयो । अन्य सघंसस्थाहरुको तुलनामा यस संस्थाले राष्ट्रलाई समृद्धिको पाटोमा लैजान जोड दिनुभयो ।
बाइट
त्यस्तै संघका अध्यक्ष खिमान्नद पौडेल (कोपिलले)संस्थाले गरेका काम र आगामी पञ्चबर्षिय योजनाहरु जस्तै ःआर्थिक पत्रकारिता पुरस्कारको स्थापना,बिपद् ब्यवस्थापन तथा दैवि प्रकोप उद्धार कोषको स्थापना,बार्षिक एउटा उधमशिलता तथा ब्यवसायिक तालिम व्यावस्थापन गर्ने जानकारी दिनुभयो ।
बाइट
कार्यक्रममा उद्योग ब्यापार संघ कपिलवस्तुको अध्यक्ष खिमान्नद पौडेल कोपिलको अध्यक्षतामा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यम वहादुर के.सि. कार्यक्रम संचालन वासुदेव खनालले गर्नुभएको थियो भने उद्योग महासघं लुम्बिनी प्रदेश कमिटि सदस्यहरु, संस्थाका सल्लाहाकारहरु,जिल्ला सदस्यहरु, संचारकर्मीको उपस्थिति रहेको थियो

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...