कैलालीको १३ वटा स्थानीय तह हरु मध्य लम्कीचुहा बाहेक अन्य १२ कस्ले कति ल्याए बजेट

धनगढी उपमहानगरपालिकाले २ अर्ब १८ करोडको बजेट ल्याएको छ मोहन्याल गाउँपालिकाले ५३ करोड ५३ लाखको बजेट ल्याएको छ । जानकी गाउँपालिकाले ६८ करोड ५६ लाख १८ हजारको बजेट ल्याएको छ भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजारको बजेट ल्याएको हो । टीकापुर नगरपालिकाले ८५ करोड ४४ लाख १० हजार, चुरे गाउँपालिकाले ४९ करोड, गोदावरी नगरपालिकाले १ अर्ब २२ करोड ३३ लाख ६५ हजार, बर्दगोरिया गाउँपालिकाले ८० करोड १ लाखको बजेट ल्याएको छ । कैलारी गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ भने गौरीगंगा नगरपालिकाले ९५ करोड ४५ लाख ९७ हजार, घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार बराबरको बजेट ल्याएको हो । त्यस्तै जोशीपुर गाउँपालिकाले ५५ करोड ३ लाख ११ हजार ५ रुपैयाँ बराबरको बजेट ल्याएको छ । लम्कीचुहाकी मेयर भने यति बेला डेनमार्क भ्रमणमा रहेकाले बजेट आएको छैन ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...