रञ्जिताले पार्टीबाट निष्कासन गरिन् रेशम पक्षका दुई प्रदेश अध्यक्ष

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले रेमश चौधरी पक्षका दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी हुन् ।

सोमबार पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले भन्दै अध्यक्ष श्रेष्ठले उनीहरुलाई निष्कासन गरिएको पत्र पठाएकी हुन् ।

सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबिच विवाद बढेको छ । रञ्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रञ्जिता र रेशम पक्षका नेताहरूबिच कुटाकुट भएको थियो ।

रमेशले सोमबार नै पत्रकार सम्मेलन गरी आफूहरूमाथि कुटपिट भएको र ज्यानको असुरक्षा बढेको बताएका थिए । संरक्षक रेशम चौधरीले भने, २३ र २४ गते बैठक बसेर कारबाहीको चेतावनी दिएका छन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...