चार दलको भागबन्डा सहित घैला बौनियाँ खानेपानी उपभोक्ता समिती चयन

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको घैला बौनियाँ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको चैत १ गते ४ दलको दलिय भागबन्डा मिलाएर उपभोक्ता समिती चयन गरिएको छ।

नेकपा एमाले बाट दुई जना कोषाध्यक्ष पारस बोहरा भाट (पार्वती) सदस्य रुपक कुवर ,नेकपा माओवादी बाट दुई जना सचीव शंकर चौधरी ,,सदस्य राजकुमार कुश्मी नागरिक उन्मुक्ति बाट एकजना उपाध्यक्ष सोभेन्द्र महतो नेपाली कांग्रेस बाट अध्यक्ष चेत राज जोशी उनी यो भन्दा अगाडि पनि अध्यक्ष रहेका थिए पुन दोस्रो कार्यकालका लागि समेत अध्यक्ष बनेका हुन। सहसचिव शुश्मीता मौनी सहित ४ जना सदस्य नेपाली कांग्रेसका मिलेर समिति चयन गरिएको हो

कार्यक्रममा ४ वडा राजनीति दलका नेताहरू को उपस्थिति रहेकोे थियो तर सर्वसाधारण को उपस्थिति भने खासै रहेको थिएन

कार्यक्रम को अन्तिममा नयाँ कार्य समिती लाई धन्यवाद दिदै नेकपा एमाले को तर्फबाट डिलि राज जोशी ले आफ्ना भनाइ राखेका थिए भने कार्यक्रममा उपस्थिति भएका सविधानसभा सदस्य बुद्धि सागर चौधरीले धन्यवाद सहित अब आगामी दिनमा उक्त नयाँ कार्यसमिति ले यस् क्षेत्रका जनतालाई जतिसक्दो चाडै शुद्ध खानेपानी खुवाउन लाग्नुपर्ने बताए । आफुले हिजो प्रदेश सरकार सँग गुहार गरेर थोरै भय पनि बजेट ल्याउन सफल भएको र अहिले यो अबस्थामा पुगेको बताए ! त्यस्तै कार्यक्रममा बोल्दै रघुनाथ बहुमुखी क्याम्पसका अध्यक्ष वीर बहादुर हमालले हिजो सुरुवात गर्ने ब्याक्ती आफू रहेको बताए उनका अनुसार आफू काठमाडौ गएको बेला सामाजिक बिकास मन्त्रालयमा कर्मचारी सँग समन्वय गरि ४ लाख रुपैयाँ उक्त खानेपानी समितिको नाममा ल्याएर सुरुवात गरेका थियौ र खानेपानी सुरुवात भएको थियो! फेरि पछि बीचमा जमिनको समस्या आउँदा आफू क्याम्पस को अध्यक्ष भएको कारण क्याम्पस बाट खानेपानी समितिको नाममा ५ कठ्ठा जमिन दिएको ले अहिले यो अबस्थामा पुगेको बताए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बम बहादुर शाहले जतिसक्दो चाडै खानेपानी घर घरमा उक्त समितिले पुर्याउनु पर्ने बताए ।

कार्यक्रम को अन्त्यमा बोल्दै अध्यक्ष चेत राज जोशीले आफुले जतिसक्दो चाडो खानेपानी सुचारु गर्ने बताए ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...