
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ मा रहेकोे
राष्ट्रिय माध्यमिक बिधालय डहरबेरिया को ६२ औं बार्षिक उत्सब सम्पन्न भएको छ ।

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष बिष्णु प्रसाद डगौरा को सभाध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता रामजनम चौधरी रहनु भएको थियो त्यस्तै कार्यक्रममा पुर्व वडा नम्बर ४ का अध्यक्ष ,समाजसेवी नेप बहादुर चौधरी ,अभिभावक , गाउँका भलमन्सा लगायत पत्रकार हरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा बोल्दै बिधालयका प्र अ लीला राम ओलिले बिधालयको शैक्षिक भौतिक आर्थिक प्रतिवेदन प्रस्तुत सँगै बिधालय सन्चालनमा सहयोग गरिरहनु भएको सम्पुर्ण अभिभावक र ब्यबस्थापन समिती समाजसेवी बुद्धिजीवी हरु लाई धन्यवाद दिनु भएको थियो ।
साथै प्र.अ लिला राम ओलिले खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएकोमा २ जना छात्राछत्रहरु क्रमश गरिमा चौधरी र निरन्जन चौधरी लाई आफ्नो ब्याक्तिगत खर्चमा ११,१२ प्लस टु पढाउने घोषणा र प्रतिबद्धता समेत गरेका हुन ।

बिधालय ले लोकसेवा आयोगमा नाम निकाल्न सफल हुनु भएको सोही बिधालयका शिक्षकहरू र गाउँपालिका बिधालय स्तरीय खेलकुदमा प्रशिक्षण को भुमिका उत्कृष्ट गरि बिधालयको नाम रोशन गर्न सफल हुनु भएको भन्दै शिक्षक दीर्घ राज जोशी लाई सम्मान गरिएको थियो ।

गाउँपालिका स्तरीय अन्तरबिधालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मा प्रथम ,दुतिय र तृतीय स्थान हासिल गरि स्कुलको नाम उत्कृष्ट स्थानमा कायम गरेको भन्दै बिद्यार्थीहरु लाई क्रम मिलाएर प्र अ लिला राम ओलि ले नगद ७५०० ,खेलकुद सिक्षक दीर्घ राज जोशीले नगद ७५०० र स्कुल बाट ११५०० रुपैयाँ सम्बन्धित बिधार्थिहरु लाई नगद हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा विभिन्न अतिथिहरुले आफ्नो भनाइ प्रस्तुत गर्नु भएको थियो जसमध्ये कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता रामजनम चौधरीले पछिल्लो समय उक्त बिधालयले शिक्षा ,खेलकुद लगायत अन्य क्षेत्रमा निकै प्रगति गरेको र अहिले आफू निकै खुशी रहेको बताए ! गाउँपालिका भित्र मात्रै नभएर जिल्लामा समेत नाम कायम गर्न सफल भएको छ । बिधालय लाई गर्नुपर्ने सहयोगमा आफू सधै सकारात्मक रहेकोे उनले भने ।

कार्यक्रम को समापन गर्दै ब्यबस्थापन समिती का अध्यक्ष एवम् कार्यक्रम का सभाध्यक्ष बिष्णु प्रसाद डगौराले कार्यक्रममा आएर सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण अतिथि लगायत अभिभावक हरुलाई धन्यवाद सहित हामी सकेसम्म बिधालय लाई १२ प्लस टु सम्म सन्चालन गर्न खोजिरहेको बताए ।
