वडा कार्यालय द्वारा सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थी लाई पोशाक वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ ले आफ्नो वडा भित्र रहेका सामुदायिक बिधालयमा अध्यनरत वालविकास (ECD) देखि कक्षा ३ सम्मका २२४ जना बिद्यार्थी लाई पोशाक वितरण गरेको छ

मंगलबार फागुन २९ गते श्री बि पी स्मृती आधारभूत बिधालय घैला ,,श्री रघुनाथ आदर्श प्राविधिक नमूना मा वि बौनियाँ,, श्री जनता आधारभूत बिधालय लोहागड गरि वडा भित्र रहेका ३ सामुदायिक बिधालयमा वितरण गरेको छ !
वडा अध्यक्ष बम बहादुर शाह सहित वडा समिती गएर बिद्यार्थी सहित अभिभावक लाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष बम बहादुर शाह ले आगामी नयाँ आर्थिक बर्षमा बजेटको अवस्था हेरेर सकियो भने वालविकास (ECD) देखि कक्षा ५ सम्मका बिद्यार्थीहरु लाई वितरण गर्ने लक्ष्य लिएका छौँ उनले बताए ।।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...