माओवादी केन्द्रबाट मुसिकोट र चन्द्रकोटका अध्यक्ष एमालेमा प्रवेश

गोकर्ण पाण्डे गुल्मी

नेकपा माओवादी केन्द्रबाट मुसिकोट र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गरेका हुन् ।

शनिवार लोकतान्त्रिक आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको कार्यक्रममा पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल सहितका केन्द्रिय नेताले एमालेमा प्रवेश गराएका हुन् । एमालेमा प्रवेश गर्दै चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसीले कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने दवाव दिन एमालेमा प्रवेश गरेको बताए ।

केन्द्रमा कम्युनिष्ट नेताहरु मिल्ने र फुट्ने प्रवृत्तिले गर्दा कार्यकर्तामा उत्साह घटदै गएकाले एकजुट हुनुपर्छ भन्ने मान्यताले यस्तो निर्णय गरेको बताए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...