मुख्यमन्त्री शाह फेरी संकटमा, तत्काल सरकारबाट फिर्ता हुन अध्यक्ष रंजिता श्रेष्ठ चौधरीको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा छन्।

उनलाई सरकार टिकाइराख्न सकस भइरहेको छ। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले शुक्रबार राति नागरिक उन्मुक्ति पार्टीबाट दुई मन्त्री र एक राज्यमन्त्री थपेर सरकार विस्तार गरे पनि उनी नेतृत्वको सरकार भने अझै अल्पमतमै छ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, खुसीराम चौधरीलाई विनाविभागीय र इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका छन्। तर नागरिक उन्मुक्ति पार्टीकि पुर्व अध्यक्ष रञ्जीता चौधरीले तत्काल सरबारट बाहिरिन निर्देशन दिएकि छन्। उनले तत्काल मन्त्री बनेकाहरुले सरकार छोड्न नमाने कारबाही गर्ने समेत चेतावनी दिएकि हुन्।

पार्टीसँग कुनै सल्लाह नै नगरेर राति मन्त्री बन्न जाने विषय कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै तत्काल बाहिरिन उनले निर्देशन दिएकि हुन्। यस्तो अवस्थामा मुख्यमन्त्री शाह झनै संकटमा परेका छन्। साथै राप्रपा र स्वतन्त्र सांसदले साथ दिने नदिने विषयमा पनि अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनन्। नवनियुक्त दुई मन्त्रीलाई भने हिजो राति प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका छन्।

त्यस्तै, राज्यमन्त्री गिरीलाई मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको शपथ गराए। प्रदेश सरकारमा यसअघि नागरिक उन्मुक्तिका तर्फबाट रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए। नागरिक उन्मुक्तिले सोही मन्त्रालयको राज्यमन्त्री रहेका कैलाश चौधरीलाई फिर्ता बोलाएर गिरीलाई राज्यमन्त्रीमा पठाएको हो। मुख्यमन्त्री शाहले तीन मन्त्री थपेर नागरिक उन्मुक्तिको समर्थन कायम राखे पनि सरकारले बहुमत पाउने अवस्था बनिसकेको छैन।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ। स्वतन्त्र सांसदले यसअघि मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि हाल उनी प्रतिपक्ष छन्। मुख्यन्त्री शाहले एक सदस्य रहेको राप्रपा र प्रदेश सभामा रहेका एक स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पु¥याउन पहल गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टीले भने मन्त्री बनेकाहरुलाई तत्काल छोड्न निर्देशन नै दिएपछि थप अन्यौलता बढेको हो।

सरकारमा सहभागिताको विषयलाई लिएर नागरिक उन्मुक्तिभित्र विवाद चर्किएको छ। गठबन्धनको पक्षमा माओवादीका सभामुखबाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका चार गरी २४ सिट छ। नागरिक उन्मुक्तिको समर्थनविना गठबन्धनले पनि सरकार गठन गर्न सक्ने अवस्था छैन्। कांग्रेसबाट निर्वाचित एक सदस्यको दुर्घटनामा निधन भएपछि प्रदेश सभामा अहिले ५२ सदस्य छन्। राप्रपा र प्रदेश सभामा रहेका एक स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पु¥याउने कसरत थालिएको छ। तर राप्रपा र स्वतन्त्र सांसदलाई मन्त्रीको प्रस्ताव गरे पनि सरकारमा सहभागी हुनेबारे सहमति भइसकेको छैन्।

सरकार छोड्न छोड्न निर्देशन

नागरिक उन्मुक्ति पार्टीकी पुर्वअध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमलबहादुर शाह नेतृत्वको सरकार आजै छोडन आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छन्। पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरि शुक्रबार मध्यराती सरकारमा किन गएको भन्दै रन्जीताले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोडन निर्देशन दिएकी हुन्। तर संसदीय दलका नेता चौधरीले भने यस विषयमा आफुलाई कुनै निर्देशन नआएको दाबी गरे। उनले पार्टीसँग छलफल गरेर अघि बढेका छौँ। सरकार छोड्न भनेर कुनै आधिकारीक रुपमा पत्र आएको छैन, उनले भने।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...