दार्चुलामा सशस्त्रका प्रहरी हवल्दार मृत अवस्थामा फेला

दार्चुलामा एक जना सशस्त्र प्रहरीका हवल्दार मृत फेला परेका छन्।

बैतडीको पुर्चौडी नगरपालिका–३ तोलिगाउँका सुरेन्द्रबहादुर बोहरा मृत फेला परेका हुन्। श्रीमतीलाई भेट्न ससुराली पुगेका कञ्चपुरको बह्रमदेवमा कार्यरत प्रहरी हवल्दार बोहरा अपिहिमाल गाउँपालिका–२ मा मृत फेला परेका हुन्।

मृतक बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत छन्। बिदामा गएका बोहरा ससुराली घर नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक गोविन्द भण्डारीले बताए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...