
कैलालीको जिशीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको बडिमालिका सामुदायिक वन उपभोक्ता समुह द्वारा क्यान्सर पीडित लाई आर्थिक सहयोग गरिएको हो।
विभिन्न समयमा आफ्ना उपभोक्ता हरुलाइ सहयोग गर्दै आइरहेको बडिमालिका सामुदायिक बनले लामो समयदेखि क्यान्सर पीडित भएर हाल चितवनमा रहेको बि.पि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउदै आएकी तर आर्थिक अभावको कारण पुर्ण रूपमा उपचार गर्न नसक्नु भएको जोशीपुर गाउँपालिका वडा नम्बर ३ बस्ने चुन्रा लाल कठरिया कि पत्नी सुन्दरपती कठरिया को उपचारमा सहज होस् भनि संस्था का अध्यक्ष जंग बहादुर चौधरी र कोषाध्यक्ष जित बहादुर डगौराले घरमै गएर पीडित का देवर शेर बहादुर कठरिया लाई नगद रकम ५१०५ हस्तान्तरण गरेका हुन
पीडित का देवर शेर बहादुर कठरियाले उक्त उपभोक्ताको सम्पुर्ण टिमलाई धन्यवाद र विशेष गरि अध्यक्ष र कोषाध्यक्ष लाई धन्यवाद दिनुको साथै अन्य सहयोगी हरुलाइ पनि सहयोग गरिदिन हुन अनुरोध समेत गरेका छन् ।