एमाले कैलालीको मतगणना सकियो, अध्यक्षमा ढुङ्गाना विजयी,

नेकपा एमाले कैलाली जिल्ला निर्वाचनको मतगणना सकिएको छ।

शुक्रवार विहान ८ः४५ देखि सुरु भएको मतदान राति ८ बजे सकिएको थियो। राति नै सुरु गरिएको पदाधिकारीको मतगणना सकिएको छ। जसमा अध्यक्षका उम्मेदवार यज्ञराज ढुङ्गाना विजयी भएका छन्। ढुङ्गानाले प्रतिसपर्धी डेजी पाण्डेलाई ६९ मतले पछि पार्दै विजयी भएका हुन्।

उनको २८७ मत छ भने पाण्डेको २१८ छ। अर्का उम्मेदवार दुर्गा जोशीको ६३ मत रहेको छ। उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही विजयी भएका छन्। शाहीले १९३ मत ल्याउँदा प्रतिसपर्धी दल बहादुर विष्टले १८८ मत ल्याए। शाही र विष्टको ५ को अन्तर छ। सचिवमा ममता प्रसाद चौधरी विजयी भएका छन्।

चौधरीले २४३ मत ल्याउँदा उनका प्रतिसपर्धी विष्णुकुमार चन्दले १६८ मत ल्याएका छन्। उपसचिवमा चूडामणि भट्ट विजयी भए २५१ मत ल्याउँदै भट्ट विजयी भएका हुन्। उनका प्रतिसपर्धी भुवन रिजालले १२३ मत ल्याए। उपसचिव महिलामा गङ्गा कुमारी चौधरी विजयी भएकी छन्। चौधरीले १९६ मत ल्याउँदै विजयी भएकी हुन। उनका प्रतिसपर्धी शान्तिदेवी सिंहले १६१ मत ल्याइन।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...