कपिलवस्तु ट्यालेन्ट हन्टकाे फाइनल अडिसन भव्य रुपमा सन्चालन भैरहेको

रिता खनाल,कपिलवस्तु ।
कपिलवस्तु ट्यालेन्ट हन्टको फाइनल अडिसन यही फागुन १५ गते बुद्व रङ्गशाला जितपुरमा सम्पन्न हुने भएको छ ।मगर दिवसको अवसर पारी उक्त सोको तयारी तिब्र पारिएको ईभेन्ट डाईरेक्टर बिकी परियारले बताएका छन् । उक्त सो मा चर्चित फिल्मी एक्टर नायक सौगात मल्ल ,नाजेर हुसेन , बिन बस्नेत आउने भएका छन् । मुल्यांकन तर्फ भने गायक बिनोद बिष्ट , भुवन खड्का , श्रीधर अधिकारी रहने छन् ।

उक्त सो रोचक र भब्य रुपमा सम्पन्न हुने आयोजकले दाबी गरेको छ।केबी डान्स स्टुडियो बुटवल एन्ड आर.के.एस ग्रुपको संयुक्त आयोजनामा भैरहेको सिङ्गिङ , डान्सिङ र मोडलिङ सो यतिबेला कपिलवस्तुको चारनम्बरमा भैराखेको छ। पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १८ भन्दा बढि ईभेन्ट सो गरिरसकेको ईभेन्ट डाईरेक्टर परियारले बताए । उक्त सो का लागि बाणगंगा नगरपालिकाका स्कुलहरु मध्ये बाणगंगा माध्यमिक विद्यालय , हिलबर्ट बोर्डिङ , बालज्योती , होराईजन माध्यमिक विद्यालयबाट ३० जना प्रतियोगी सहभागी हुने छन् । यतिवेला भोटिङ् सिस्टम पनि खुला गरिसकिएको र सोका लागि प्रतियोगीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिलाई भोटिङ् र ट्यालेन्टको आधारमा छनोट गर्ने आयोजकले जनाएको छ ।डान्सिङ्गमा प्रथम हुनेले रु.१५ हजार म्युजिक भिडियो , सर्ट भिडियो , लगायत गिफ्ट ह्यम्पर , साथै अन्य पुरस्कार प्राप्त गर्ने छन् भने त्यसै गरि गायन तर्फ प्रथम हुनेले गिफ्ट ह्यम्पर नगद, फोटो सुट , स्टेज प्रोग्राम , सर्ट मेकप क्लास दिने ईभेन्ट म्यानेजर युदिन खड्का ले बताए । अन्य प्रतियोगीहरु मध्य तृतिय र सान्त्वना हुने प्रतियोगिले पनि पुरस्कार प्राप्त गर्नेछन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...