कञ्चनपुरबाट काठमाडौं जादै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।

मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सुदूरश्चिम प्रदेश०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो। घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...