धनगढीको एसपीएका प्राध्यापक भण्डारी पक्राउ

कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)का एक प्राध्यापक पक्राउ परेका छन्। एसपीएका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी शनिवार पक्राउ परेका हुन्।

होटेल व्यवस्थापन तर्फका संयोजक रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन्। एकेडेमीमा सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवाद भएपछि प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको कैलाली प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। आइतवार सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...