बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना, १७ जना घाइते

बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना भएको छ। काठमाडौंबाट बाजुरा आउँदै गरेको बस बिहीवार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ गैरेपेट्रोल पम्प नजिकै दुर्घटनामा परेको हो। काठमाडौंबाट बाजुरा आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपरसंग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित ३५ जना सवार थिए।

घाइतेहरुः
१. बस चालक कैलालीको चुरे गाउँपालिका ४ बस्ने ३९ वर्षीय कर्णबहादुर सावदको (टाउको र कम्मरमा चोट)
२. रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयां बस्ने वर्ष ३४ को गिरिराज भुसाल (टाउकोमा चोट)
३. कञ्चनपुरको बेलौरी नगरपालिका–१० बस्ने वर्ष २५ को सुनिल पाल (टाउको र शरीरको बिभिन्न भागमा चोट)
४. रुपन्देही बुटवल उपमहानगरपालिका–४ बस्ने वर्ष १६ को सुजन बुरलाकोटी (हात खुट्टामा चोट)
५. जिल्ला बाजुरा कोल्टी नगरपालिका–९ बस्ने वर्ष ४० कि (महिला) राजु थापा (बायां खुट्टाको तिघ्रामा चोट)
६. ऐ.ऐ. निजको छोरा बस्ने वर्ष अं. १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम ।

७. राजु थापाकी छोरा बर्ष ३ को सुनिल थापा (हात खुट्टामा चोट)
८. जिल्ला नवलपुर देवचुली नगरपालिका–१२ गैडी बस्ने वर्ष ३२ को प्रकाश न्यौपाने (टाउकोमा चोट) न्यौपानेलाई बुटवल चौराह हस्पिटल रुपन्देही तर्फ रिफर गरिएको छ।
९. जिल्ला बर्दिया मधुबन नगरपालिका–७ बस्ने वर्ष २५ को बिनोद थापा (भित्री छातीमा चोट)
१०. जिल्ला नवलपरासी सुनवल नगरपालिका–८ बस्ने वर्ष ६३ को बलराम उबरकोटी (बांया हातमा चोट)
११. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम ।
१२. बलराम उबरकोटीको छोरा वर्ष ३९ को भुपाल नेपाली (दाहिने हातमा चोट)
१३. जिल्ला बाजुरा हिमाली गाउँपालिका–७ बस्ने वर्ष ६० कि टिकादेवी सन्याल (टाउको र छाथिमा चोट) घाइतेहरुको देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भइरहेको डिएसपी रेशम बोहराले बताए। उक्त बस सुदुरपश्चिम व्यवसायी समितिको रहेको उनले बताए। यस्तै लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको घाइतेहरु
१४. जिल्ला बाजुरा बुढीनन्द नगरपालिका–१ बस्ने वर्ष ५१ को खडकराज गिरी (दाहिने कुममा चोट््)
१५. खडकराजको श्रीमती वर्ष ४५ कि चन्द्र गिरी (हात खुट्टामा चोट)
१६. जिल्ला बाजुरा दुर्गाथली गाउँपालिका–४ बस्ने वर्ष २९ को किशोर भण्डारी (खुट्टामा चोट)
१७. जिल्ला बाजुरा गौमुल गाउँपालिका–६ बस्ने वर्ष १८ को महेश रोकाय (दुबै हात खुट्टामा चोट)

टिपर चालक सुनवल–१० गैंडाखालका सुनिल दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य केही नभएको यात्रुहरुलाई बस समितिसंग समन्वय गरी अर्को बसमा राखी गन्तब्य तर्फ पठाइएको डिएसपी बोहाराले बताए। दुबै सवारी प्रहरी नियन्त्रणमा रहेको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...