नेपालमै नोट छाप्न सरकारले विधेयक ल्यायो

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सुरक्षित मुद्रणदेखि नोटसम्बन्धी छपाई नेपालमै गर्ने व्यवस्थाका लागि सुरक्षित मुद्रण विधेयक ल्याइएको बताएकी छन्।

बिहीवार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका छलफलका क्रममा मुलुकभित्रै राहदानी, नोट, सवारी अनुमतिपत्र र राष्ट्रिय परिचयपत्रलगायतका सामग्री सुरक्षितरूपमा छपाइ गर्न उक्त विधेयक ल्याइएको बताइन्।

उनले सुरक्षित मुद्रणको काम नेपालमा नै हुँदा डाटा सुरक्षित रहने र ठूलो राजस्व बाहिर जानबाट जोगिने बताएकी थिइन्। सुरक्षित मुद्रणजस्तो महत्वपूर्ण विषय गठन आदेशको भरमा चलाउँदै आएकोमा कानुन बनेपछि उक्त आदेश खारेज हुने उनले बताइन्। उनले राष्ट्रियसभाको संशोधन र अहिलेको संशोधनलाई ध्यानमा राखेर टुंगोमा पुयाउनुपर्ने बताइन्। बैठकमा समिति सदस्यहरूले सुरक्षण मुद्रणको कामलाई सुरक्षित बनाउन आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...