मुकेश अम्बानीलाई उछिनेर पुनः एसियाकै सर्वाधिक धनी बने गौतम अदानी

नयाँ दिल्ली । भारतीय व्यापारी गौतम अदानी भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएको २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अदानीको कूल नेटवर्थ ९७ अर्ब ६० करोड डलरमा उक्लिएको छ ।

बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा १४ औं स्थानमा थिए । तर शुक्रबार उनी मुकेश अम्बानीलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा १२ औं स्थानमा पुगेका छन् । अम्बानी भने ९७ अर्ब डलरसहित सूचीको १३ औं स्थानमा थिए । गएको २४ घन्टामा अम्बानीको नेटवर्थ ६६ करोड ५० लाख डलरले बढेको छ ।

अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको शेयरमा व्यापक कमी आएको थियो । समूहले ३ खर्ब ५२ अर्ब भारु बराबरको बजार पूँजीकरण गुमाएको थियो । पछिल्ला महिनाहरुमा उक्त प्रतिवेदनको प्रभावबाट केही कमी आएको भएपनि प्रभाव सकिएको थिएन । यो विषयमा अदानी समूहले हिन्डेनबर्गमाथि मुद्दानै हालेको थियो ।

सर्वोच्च अदालतले यस मामिलामा आफ्नो फैसला सुनाएपछि अदानी समूहको शेयरमा व्यापक वृद्धि देखिएको छ । यस्तोमा कम्पनीको बजार पूँजीकरणसँगै अदानीको सम्पत्ति पनि बढिरहेको छ । यस मामिलामा सर्वोच्च अदालतले सेबीको जाँचलाई सही बाटोमा रहेको बताएको थियो ।

२-४ मामिलामध्ये बाँकी रहेको २ मामिलामा पनि छानबिन गर्न अदातलले सेबीलाई ३ महिनाको समय दिएको थियो ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...