सशस्त्र प्रहरीमा ९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना खुल्यो (सूचिसहित)

सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्ने छ ।

इन्स्पेक्टर र असईमा अनलाइन आवेदन दिएकाहरूले फागुन २ गतेभित्र तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ । विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले भने माघ २४ गतेभित्रै तोकेको कार्यालयमा उपस्थिति हुनुपर्ने छ

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...