
सुदूरपश्चिममा जग्गा भाडामा दिने सम्बन्धी कार्यविधि तयार हुने भएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि बनाउन लागेको हो।
प्रदेशमा जग्गा भाडामा लिने/दिने कामलाई व्यवस्थित बनाएर खेती गर्न चाहने भूमिहीन, मुक्त हलिया, मुक्त कमैया, मुक्त कमलरी, द्वन्द पीडित र विस्थापित, साना किसान, विपन्न परिवार र न्यून आय भएका कृषक परिवारलाई भाडामा जग्गा लिने व्यवस्था मिलाउन कार्यविधि मन्त्रालयले कार्यविधि बनाउन लागेको हो। कार्यविधि तयार गरेर व्यक्ति, संघ-संस्था तथा सरकारी स्वामित्वमा रहेको बाँझो रहेको कृषियोग्य जमिनखेती उपयोग गरिने लक्ष्य राखिएको छ। मङ्गलवार कार्यविधिलाई अन्तिम रुप दिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा एक समिति गठन गरिएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरी र प्रदेश सचिव मदनसिंह धामीको उपस्थितिमा मन्त्रालयका भूमि व्यवस्थापन महाशाखा प्रमुख धर्मराज ओझाको संयोजकत्वमा पाँच सदस्यीय कार्यविधि निर्माण समिति बनाइएको छ। समितिको सदस्यमा मन्त्रालयका कानुन अधिकृत रामकुमार झा,कृषक समूह नेपालका सुदूरपश्चिम अध्यक्ष प्रकाश थापा, लि-वर्डका परियोजना संयोजक इन्द्रेश्वर मण्डल र याक नेपालका परियोजना संयोजक देवी खनाल सदस्य रहेका छन्