अब बैतडीको पुर्चौडीका शिक्षकले महिना दिनभित्रै तलब पाउने

बैतडीको पुर्चौडी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब मासिक रूपमा निकासा गर्ने भएको छ। नगरपालिकाले आगामी माघदेखि शिक्षकहरूलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय गरेको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले माघदेखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय भएको बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत कुँवरले यो सँगै अन्य पाँच निर्णय गरी बिहिवार कार्यभार समालेका हुन्। नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब त्रैमासिक रूपमा उपलब्ध गराउँदै आएकोमा अब भने मासिक तलब निकासा गरिने भएको हो।

पुर्चौंडी नगरपालिका गत असोज २५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएपछि स्वास्थ्य शाखा प्रमुख कुँवरलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि बढीमा दुई महिना प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक कार्य गर्न हिजो पुस ४ गते जिम्मेवारी दिएको थियो। कुँवरले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए लगत्तै नगरपालिकाले सामाजिक सुरक्षा भत्ता तथा उपचार खर्च सम्बन्धमा, प्रशासनिक सुशासन तथा एकीकृत अनुगमन, नागरिक सहायता तथा सोधपुछ कक्ष स्थापना, थप कार्य जिम्मेवारी र अपाङ्गता परिचय पत्र वितरण गर्ने पाँच वटा निर्णय गरेको हो।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...