पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नियन्त्रणमा लिएको छ।

कार्की पाँच लाख रुपैयाँ घुससहित आज पक्राउ परेका हुन्।

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...