जोशीपुर बजार व्यवस्थापन समिति अध्यक्षमा विष्णु प्रसाद चौधरी निर्वाचित

सुधराम दहित/मंसिर १६,
कैलालीको जोशीपुर बजार व्यवस्थापन समितिको निर्वाचन सकिएको छ। निर्वाचनबाट अध्यक्ष पदमा विष्णु प्रसाद डंगौरा निर्वाचित भएका छन् भने उपाध्यक्षमा रण बहादुर साँउद, सचिवमा भूमिसागर सुनार, कोषाध्यक्षमा खिमा देवी विष्ट, सह–सचिवमा सरस्वती साउँद लगायत सदस्यमा राजेश कुमार कठरिया, धर्मेन्द्र साउँद, गुलाम नवी शेख, ईस्लाम अति जसगड, राम बहादुर चौधरी, श्याम नारायण कुश्मी, गणेश चौधरी, कृष्ण बहादुर सुनार, छोटेलाल श्रीवास्तव, चन्द्रावती चौधरी र दयारानी चौधरी निर्वाचित भएका छन् ।
निर्वाचनमा अध्यक्ष पदमा विष्णु प्रसाद डंगौरा र केशव राज जोशीले उमेद्वारी दिएका थिए । दुवै जनाको लामो सकस पछि केशव राज जोशीले विष्णु प्रसाद डंगौरालाई समर्थन गरेपछि अध्यक्षमा विष्णु प्रसाद डंगौरा निर्वाचित भएका हुन् ।
निर्वाचन आयुक्तमा राजेश चौधरी संयोजक, कालुराम चौधरी सदस्य र कृष्ण बहादुर के.सी. सदस्य हरेका थिए । निर्वाचन आयुक्तको अन्तिम नामावली पश्चात जोशीपुर बजार व्यवस्थापन समिति निवर्तमान अध्यक्ष विश्वनाथ प्रसाद चौधरीले नयाँ निर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य सँगै हार्दिक बधाई ज्ञापन गर्नु भएको थियो । बजारले नयाँ नेतृत्व पाएकोछ । यस कमिटीालाई बजारका सवै व्यापारी, बुद्धिजिवी, शिक्षाप्रेमी, समाजसेवीहरुले सहयोग गरे मात्र बजारले विकासको गतिलिने बताउनु भयो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...