
कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको बडिमालिका सामुदायिक वन उपभोक्ता समुहको ९ औं बार्षिक साधारणसभा आज सप्पन्न भएको छ ।
संस्था का अध्यक्ष जंङ्ग बहादुर डगौरा सभा अध्यक्षमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका वडा नम्बर ३ कि अध्यक्ष रेणु कुमारी चौधरी रहनु भएको थियो भने बिशिष्ट अतिथि सवडिभिजन वन कार्यालय भजनीका प्रतिनिधि प्रकाश बि.क अतिथि cfcc समन्वय समिति अध्यक्ष खोजराम चौधरी , जोशीपुर गाउँपालिक वडा नम्बर ३ का वडा सदस्य ज्ञान बहादुर महतौं ,,ईलाका प्रहरी कार्यलय जोशीपुर प्रतिनिधि ,रघुनाथ आदर्श मा.वि बौनियाँ ब्यवस्थापन समिती सदस्य नव राज पाठक ,छिमेकी शाखा अध्यक्ष हरु लगायत ,गाउँ भल्मन्सा समाजसेवी बुद्धिजिवि उपभोक्ता पत्रकार लगायत को कार्यक्रममा उपस्थिति रहेको थियो ।

संस्थाको बार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष जंङ्ग बहादुर डगौराले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक बर्ष २०७९/०८० को आय व्याय संस्था कि सचीव जय कुमारी डगौराले ८३८,६२०.५० रुपैयाँ बराबरको प्रस्तुत गरेकी थिन ।

कार्यक्रममा विभिन्न ब्याक्तिहरु ले आफ्नो भनाइ राखेका थिए जस् मध्य रघुनाथ मा.बि का सदस्य नव राज पाठकले संस्थाले आगामी बर्षहरु भन्दा यस् बर्ष कयौं कुराहरूमा फट्को मारेको छ ! तर अब यतिले मात्रै नभई बन उपभोक्ता समुह हरुले बन भित्र मात्रै सिमित नरहेर आफ्नो आम्दानीको केहि प्रतिशत समाजमा रहेका गरीब ,दुखी ब्यसाहारा हरुको लागि पनि खर्च गर्नु पर्छ ! भने कुरा राख्नु भएको थियो । त्यसै छिमेकी शाखा हरु मध्य बाट हरियाली पार्वती सामुदायिक बन का अध्यक्ष राहुल बुढाले पहिले जन हित सामुदायिक बन र डा. चन्द्र गुरुङ स्मृति सामुदायिक वन हुँदै बडिमालिका सामुदायिक वन आउने बाटो थियो अहिले ती कुनै ब्याक्तिले कब्जा गरेका छन् त्यस् तर्फ ध्यानाकर्षण हुन भनी अनुरोध गरेका थिए भने सवडिभिजन वन कार्यलय भजनी को प्रतिनिधित्व गर्दै प्रकाश बि.क ले वनको विभिन्न बिसयमा कुरा राख्नु भएको थियो । वनका सम्पुर्ण उपभोक्ता हरु एकजुट भए मात्रै वनको जोगाउन सकिन्छ हामी अध्यक्ष को मात्रै कर्तव्य र जिम्मेवारी हो भनेर सोचेका हुन्छौं त्योभन्दा ठुलो जिम्मेवारी हाम्रो हुन्छ लगायतका विषयमा कुरा गर्नु भएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमकि प्रमुख अतिथि जोशीपुर गाउँपालिका वडा नम्बर ३ कि अध्यक्ष रेणु कुमारी चौधरीले हाम्रो वन राम्रो वन बनाउन लाई सम्पुर्ण उपभोक्ता हरुले वनको संरक्षण गर्न सक्नुपर्छ । हामीले वन भित्र गयौं भने जस्तोसुकै रुख काटेर घाँस बनाई दिने दाउरा बनाई दिने गर्छौ त्यस्तो गर्नाले वनको बिनास हुन् जान लगायत थुप्रै बिषयमा भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचीव जय कुमारी चौधरी ले राखेकी थिइन भने कार्यक्रम संचालन पत्रकार खेमराज जोशीले गरेका थिए ।

कार्यक्रम लाई सम्मापन गर्दै कार्यक्रमका सभापति जंङ्ग बहादुर चौधरीले हामीलाई दिएका सुझाव सल्लाह हरुलाइ मन्न गर्दै आगामी दिनहरूमा अझै सुधारेर लैजाने छौ हामीले अब सकेसम्म गरिब विपन्न जनजाति जेहेन्दार बिद्यार्थी हरुलाइ छात्रवृत्ति प्रदान गर्न खोज्ने बताए