चितवनमा तस्करले मारे २ गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैँडा मारिएको छ। तिहारको समय पारेर तस्करहरूले निकुञ्जको पूर्वी क्षेत्रको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन्

चितवन राष्ट्रिय निकुञ्जले एउटा १८ वर्षको र अर्को ५ वर्षको पोथी गैँडा तस्करले मारेको बताएको छ।

तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैँडा मारी खाग र खुर काटेर लगेको पाइएको छ। गैँडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ।
एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको छ। व्यावसायिक व्यक्तिहरूले ठूलो योजना बनाएर गैँडा मागरेको पाइएको हो।

गैँडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो। सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैँडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...