चितवनमा तस्करले मारे २ गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैँडा मारिएको छ। तिहारको समय पारेर तस्करहरूले निकुञ्जको पूर्वी क्षेत्रको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन्

चितवन राष्ट्रिय निकुञ्जले एउटा १८ वर्षको र अर्को ५ वर्षको पोथी गैँडा तस्करले मारेको बताएको छ।

तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैँडा मारी खाग र खुर काटेर लगेको पाइएको छ। गैँडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ।
एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको छ। व्यावसायिक व्यक्तिहरूले ठूलो योजना बनाएर गैँडा मागरेको पाइएको हो।

गैँडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो। सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैँडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...