बेल्जियमको सानदार प्रदर्शन,२-१ को गोल अन्तरले डेनमार्क पराजित

४ असार, काठमाडौं । केभिन डे ब्रुएनाले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि बेल्जियमले युरोकपमा डेनमार्कविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

समूह बी मा लगातार दोस्रो जितपछि बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गरेको छ । यसअघि नै इटली अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

डेनमार्कको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा डे ब्रुएनाले दोस्रो हाफमा एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरे । डे ब्रुएना दोस्रो हाफमा ड्राई मर्टेन्सको स्थानमा मैदान प्रवेश गरेपछि बेल्जियमले लय लिएको थियो ।

त्यसअघि खेलको दोस्रो मिनेटमै युसुफ पाउलसेनले गोल गर्दै घरेलु टोली डेनमार्कलाई अग्रता दिलाएका थिए । पिएरे एमिल होजवर्गको पासमा पाउलसेनले गोल गरेका थिए ।

पहिलो हाफमा डेनमार्कले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा बेल्जियमले पुनरागमन गर्दै गोल फर्कायो ।

५४औं मिनेटमा थोर्गन हाजार्डले केभिन डे ब्रुएनाको पासमा बेल्जियमको लागि बराबरी गोल फर्काए । चोटका कारण पहिलो खेल गुमाएका डे ब्रुएना डेनमार्कविरुद्ध दोस्रो हाफको सुरुमै मैदान प्रवेश गरेका थिए ।

६०औं मिनेटमा कप्तान एडेन हाजार्ड र एक्सल विटमल मैदान प्रवेश गरेपछि बेल्जियमल झन् बलियो बन्यो । हाजार्ड, रोमेलु लुकाकु र डे ब्रुएनाको सहकार्यमा दोस्रो गोल भयो । ७१औं मिनेटमा एडेन हाजार्डको पासमा डे ब्रुएनाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए।

८७ मार्टिन ब्रेथवेइटको हेडर क्रस बारमा लागेर बाहिरिँदा डेनमार्कले बराबरी गर्ने अवसर गुमाएको थियो । डेनमार्का यानसेनले ९०औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको पोष्टभन्दा केही माथिबाट बाहिरियो ।

लगातार दोस्रो जितपछि बेल्जियमले समूह बी मा २ खेलबाट ६ अंक जोडेको छ । बेल्जियमले पहिलो खेलमा रुसलाई ३-० ले पराजित गरेको थियो । डेनमार्क भने लगातार दोस्रो हारपछि अंकविहीन हुँदै पुछारमा छ ।

अब डेनमार्कले रुससँग अन्तिम खेल खेल्न बाँकी छ । रुस र फिनल्याण्डको २ खेलबाट समान ३ अंक छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...