८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जोरपाटीमा बाबु पक्राउ

८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा काठमाडौंको जोरपाटीमा बाबु पक्राउ परेका छन्।

काठमाडौं जिल्ला अदालतमा बाबुविरुद्ध अभियोग पत्र समेत दायर भएको छ । छोरीलाई बलात्कार गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा बाबुविरुद्ध २०७९ माघ ८ गते श्रीमान्‌विरुद्ध श्रीमतीले जाहेरी दिएकी थिइन् ।
बाबुले मादक पदार्थ सेवन गरेर आएर ल्होसारका दिन आमा बाहिर गएको र दिदी अर्कै कोठामा रहेको मौकामा परेर आफूलाई बलात्कार गरेको बालिकाले बताएकी थिइन् ।

श्रीमतीले फसाएको र छोरीमाथि कहिल्यै त्यसो नगरेको पक्राउ परेका बाबुले दाबी गरेका छन् । समय-समयमा घरायसी विवाद हुँदा श्रीमतीले आफूलाई फसाउने गरेको उनको बयान छ ।

उनीविरुद्ध १६ देखि २० वर्षसम्मकै कैद सजाय माग गरिएको छ भने हाडनातामा भएको बलात्कारमा थप ३ देखि ६ वर्ष कैद पनि मागदाबी गरियको छ ।

सांकेतिक तस्बिर

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...