स्थानीय तहका कर्मचारीको आन्दोलन सुरू

स्थानीय तहका कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। आयतबारबाट कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन लगायतका विभिन्न माग राखेर माईतिघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।

देशभरबाट काठमाडौंमा जम्मा भएका स्थानीय तहका कर्मचारीहरुले दिपक गौतमको संयोजकत्वमा आन्दोलनलाई सशक्त बनाउन केन्द्रीय संघर्ष समिती गठन गरेका छन्। संगठित रुपमा आन्दोलन गर्ने तयारी स्वरुप कर्मचारीहरु संगठित भएका हुन्।

प्रतिनिधि सभामा पेस हुने तयारीमा रहेको संघीय निजामती सेवा ऐनप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरुले दिपक गौतमको संयोजकत्वमा १८१ सदस्यीय केन्द्रीय संघर्ष समित गठन गरेका हुन्।

पालिकाहरूमा स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने , अन्तर प्रदेश सरुवा, विना सहमति चक्रीय सरुवा प्रणाली, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन , उमेरहद र सेवा अबधि गणना, अस्थायी र करार कर्मचारीको व्यवस्थापन, सेवा सुरक्षाको सुनिश्चितता लगायतका माग राखेर स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...