
नेकपा एमाले नेता महेश किराँतीले कोसी प्रदेश कमिटी उपसचिबमा उम्मेदवारी दिने भएका छन् ।
आजबाट सुरु भएको नेकपा एमालेको प्रदेश अधिबेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने निर्बाचनमा किंरातीले उपसचिब पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।निबर्तमान कोशी प्रदेश कमिटीमा उनी सचिवालय सदस्य थिए। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका कमिटीबाट उनी अधिबेशनका लागि प्रतिनिधि चयन भएका थिए