कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने

नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने भएको छ। राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ।

गतवर्षजस्तै यस वर्ष पनि दसैँ, तिहार, छठजस्ता पर्वका लागि कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान हुने उनले बताए। गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँचसय रुपियाँसम्मका नयाँ नोट साट्न पाउनेछन्।

पाँचदेखि एकसय रुपियाँसम्मको एक–एक वटा बन्डल हो। बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गरिने छ ।

सुदरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे समझदारीसँगै आन्दोलनका सबै कार्यक्रम स्थगीत

सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे समझदारी भएको छ। सहमतीसँगै स्थानीय...