जोशीपुरमा १३ आना सुनका गहना सहित नगद चोरी

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. २ वरगदही निवासी सुरत चौधरीको घरको भित्ता फोडी घरभित्रबाट १३ आना सुनका गहना सहित नगद चोरी भएको छ। विहान करिव १०:३० बजे देखि ११:१५ बजेको विचमा चोरी भएको घरमुलि सुरत चौधरी कि श्रीमति मिना चौधरीले बताउनु भयो । १० बजे श्रीमान् विद्यालय गएको र आफु १०:३० बजे गाउँमा बैठकमा गएको बेला चोरी भएको उहाँले बताउनु भयो ।

बैठकबाट करिव ४५ मिनेटको समयमा चोरले घरको भित्ता काटी दराजलाई घर भित्र राखिएको हसिया (बाँका) ले ताला टुटाई चोरी गरिएको छ। दुई वर्ष सम्म खुत्रुकेमा जम्मा गरिएको ५ हजार रुपैया र ३ हजार रुपैया व्यागको खल्टीबाट , भरखरै बनाएको १३ आना सुनको गहना र नगद ८ हजार रुपैया चोरी भएको उनले बताए । घटना स्थलमा ईलाका प्रहरी कार्यालय जोशीपुरको टोली र पत्रकार प्रत्यक्ष बस्तुस्थिति वुझ्न पुगेका थिए । ईलाका प्रहरी कार्यालय जोशीपुरले उक्त घटनाको छानविन गरि छिटोभन्दा छिटो दोषीलाई पत्ता लगाउने जनाएको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...