तिला कर्णालीको खुद नाफा १९ लाख बढी

सनिबार कैलालीको घोडाघोडीमा रहेको तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औँ वार्षिक साधारण सभा मनाएको छ । दुइ हजार एक सय सत्र जना शेर सदस्य रहेको सहकारीले आर्थिक वर्षमा ०७९÷०८० मा उक्त संस्थाले ११ करोड ७३ लाख २१ हजार ५ सय ८१ रुपैयाँ ७६ पैसाको कारोबार गरेकोमा एक करोड ७० लाख ९३ हजार दुई सय चार रुपैयाँ ४३ पैसा आम्दानी गरेको छ भने, संस्थाले एक करोड ५१ लाख ९२ हजार दुई सय पच्चीस रुपैयाँ खर्च गर्दा, सो आर्थिक वर्ष १९ लाख नौं सय ७९ रुपैयाँ सात पैसा खुद नाफा गर्न सफल भएको हो । साधारण सभाको अवसर पारी यस संस्थाले आफ्ना दैनिक बचत,बाल बचत,ऐच्छिक बचत,आवधिक बचत,सदस्य सुरक्षण र सुपर सेभिङका उत्कृष्ट बचत कर्तालाइ सम्मान समेत प्रदान गरेको हो ।
तिला कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेर सदस्यहरुलाई आय आर्जन सङ्ग जोड्न र उनिहरुको जीवन स्तर उकास्न बेलाबेलामा विभिन्न आयआर्जनका कार्यक्रम समेत गर्दै आइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका भुमी,व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीले कृषि अनुदानमा पहुँचवालाकै हालीमुहाली हुने भएकाले बास्तविक किसान अनुदानबाट बन्चीत हुन पुगेको बताएका छन् ।
त्यस्तै, राज्यमन्त्री चौधरीले अनुदानमा देखिएको विद्यमान अवस्थालाइ निरुत्साहीत गरी वास्तविक किसान समक्ष अनुदान पुर्याउनका लागि अनुगमनलाइ प्रभावकारी बनाउनु पर्नेमा जोडदिन आवश्यक रहेको बताएका छन् ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...