भजनी महुन्याला माध्यामीक विद्यालयकाे सामाजीक परीक्षण सार्वजनिक सुनवाई सम्पन्न

कैलालीको भजनी नगरपालिका वडा नम्बर एकमा रहेको महुन्याल माध्यमिक बिधालयको सामाजिक परिक्षण सार्बजनिक सुनुवाइ २०७९/८० कार्यक्रम बिधालय को प्राङ्गणमा आज सप्पन्न भएको छ

शिक्षक अभिभावक संघ का अध्यक्ष मोती सिङ बि.क को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम का प्रमुख अतिथि नगरपालिका मेयर केवल चौधरी रहनु भएको थियोे भने विशिष्टअतिथि उपमेयर राजु तिरुवा रहनु भएको कार्यक्रममा निम्ति प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर सिङ , कार्यपालिका सदस्य गणेश तिरुवा , महुन्याल बहुमुखी क्याम्पसका अध्यक्ष टंक जोशी, बिधालय ब्यबस्थापन सतिमी अध्यक्ष हर्क बुढा ,समाजसेवी रत्न रेग्मी , जनता सामुदायिक पुस्तकालयका अध्यक्ष हेमेन्द्र भारद्धाज , अभिभावक ,बिद्यार्थी ,शिक्षक ,शिक्षिका ,समाजसेवी बुद्धिजीवी पत्रकार ,लगायत संस्था हरुको प्रतिनिधि हरु को उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै महुन्याल बहुमुखी क्याम्पसका अध्यक्ष टंक जोशीले अब बिद्यार्थी हरु लाई पढाई संगै लोकसेवा तयारी , बैकिङ्ग तयारी कलास हरु जरुरी रहेकोे आगामी दिनमा त्यतातिर पनि ध्यानाकर्षण होस् लगायतका बिषयमा कुरा राखेका थिए भने ,, त्यस्तै कार्यक्रममा बोल्दै समाज सेवि रत्न रेग्मी ले यस् स्कुलले पछिल्लो समय निकै फट्को मारेको छ आज स्कुलमा बिद्यार्थीको संख्या पनि हाम्रो वरपरका स्कुल भन्दा धेरै राम्रो रहेको छ ,,तर रिजल्ट को नतिजा भने सोचेजस्तो ल्याउन सकेको छैन यस् बिषयलाई आगामी दिनमा सुधार्नु हुन्छ भने आस गरेका छौ र पछिल्लो समय कतिपय स्कुलका शिक्षक शिक्षिका हरु बिद्यार्थी हरुलाइ बढाउन भन्दा राजनीतिमा बढी सक्रियता देखाइ रहेकाछन त्यसतर्फ नगरपालिका ध्यान जावस समेत भनेका थिए

त्यस्तै बिधालय ब्यबस्थापन समिति अध्यक्ष हर्क बुढा ले यस् बिधालयमा भजनी नगरपालिका वडा नम्बर १ देखि ९ वडा का बिद्यार्थी हरुले अध्यन गर्ने स्कुल रहेको बताए हामी यो बिधालय बनाउनका लागी यस बिधालयमा अध्यन गर्ने बिद्यार्थी को भविष्य बनाउनका निमित्त निरन्तर लागेका छौं जो अहिले को बिद्यार्थीको रिजल्ट को बिषयमा सोयम हामी सन्तुष्ट छैनौं यसलाई आगामी दिनमा हामी सुधारेर जाने छौं यो बिधालय लाई यस नगरकै उत्कृष्ट बिधालय बनाएर देखाउने छौ । अहिले पनि हामीले ८ सय बिद्यार्थी भर्ना नगरेर फिर्ता गर्नुपर्ने अवस्था रह्यो किनभने हामिसँग अहिले पनि भवन को अभाव रहेको छ ! मैले पटकपटक नगरपालिका शिक्षा शाखामा गएर अनुगमन गर्न आइदिनुस भन्दा समेत आउनु भयन आगामी दिनमा यस्तो नहोस् नगरपालिका के चाहेको छ यस् बिधालय बाट हामी दिन तयार रहेका छौं तर बिधालय को काममा कुनै किसिमको बाध गर्नुभयन उनले भने ।।

नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्य सिङ ले बिधालय बनाउने प्रमुख भुमिका भनेको शिक्षक शिक्षिकाको रहेको हुन्छ यदि साच्चै बिधालय बनाउनु छ भने पहिलो भुमिका रहेको छ यसलाई शिक्षक ले सुइकार्नु पर्छ यदि शिक्षक शिक्षिका ले दुई कुरा मात्रै नियमितता र फुल समय कक्षा कोठामा गएर अध्यन गराइ गृह कार्य दिएर महिनाको एकचोटि मात्रै चेक गरिदिने हो भने धेरै सुधार हुन्छ यति भनी रहदा मैले बिद्यार्थी ,अभिभावक ,ब्यबस्थापन समिति , लगायत अन्यको भुमिका रहन भनेको छैन बिधालय बनाउनका लागि सबै निकायको सहयोग चाहिन्छ तर पहिलो भनेको मात्रै शिक्षक शिक्षिका हुन भने को हु ! अहिले महुन्याल माध्यमिक बिधालयले शिक्षा क्षेत्रमा निकै राम्रो काम गर्दै आइरहेको छ यसलाई सबैले सकारात्मक लिएर यसको सकारात्मक प्रचार गर्नुपर्छ । पत्रकार ले पनि यस बिषयलाइ सकारात्मक हिसाबले लेखी दिनुपर्छ बोलिदिनु पर्छ तर अहिले पत्रकार समेत सकारात्मक कुरा भन्दा कतातिर बिगि्रएको छ कसरी नकारात्मक समाचार लेखिनु पर्ने हो त्यतातिर मात्रै लागेका हुन्छ सकारात्मक कुरालाई समेटिएको हुन त्यसैले यस्ता कुरालाई समेटी दिन आग्रह गर्दछु भने ।

कार्यक्रम लाई सम्बोधन गर्दै नगरपालिका मेयर केवल चौधरीले यस स्कुल को हिजोको र आजको अवस्था हेर्न हो भने निकै अगाडि बढिसकेको छ! म हिजो अहि स्कुलमा अध्यन गरेको मान्छे हु आज स्कुल कहाँ बाट कहाँ पुगिसकेको छ बिद्यार्थी को संख्या हेर्ने हो भने निकै राम्रो छ हो मैले पनि बिचार गरे बिधालयमा भवन र चर्पी को अभाव देखेको छु यसलाई के कसरी गर्नुपर्छ म तयार रहेको छु ! तर यस ठाउँमा राम्रो काम गर्दैगर्दा पनि खुट्टा तानेतिर लाक्छन हिजो हामीले निसुल्क शिक्षा घोषणा गर्दा कतिपय को सातो गएको थियो र कसरी गर्छ हेर्छौ भनि बसेका थिए ,छन ,,कसरी गिराउन सकिन्छ भनेर लागि परेका छन् तर म अब पछि पर्दैन यसलाई जसरी पनि लागू गरेर देखाउ छु ! पुर्ब वक्ता रत्न रेग्मी ले भनेको कुरालाई समर्थ गर्दै यस क्षेत्रमा साच्चिकै कतिपय शिक्षक , शिक्षिका ले राजनीति गरिरहेका छन् हामीले मुल्यांकन गरिरहेका छौ त्यस्तालाई हामी ठेगान लगाउन पछि पर्दैनौं हामीले मुल्यांकन गरेर राख्दै छौ समेत भने !!

आर्थिक बर्ष २०७९/८० को सामाजिक परिक्षण सार्वजनिक सुनुवाइ प्रतिबेदन सार्बजनिक संचलक शिक्षक डम्बर मिश्रले ९,४९,५४,२,२७ गरेका थिए भने स्वागत मन्तव्य महुन्याल माध्यमिक का प्राध्यापक बिधा प्रसाद भट्ट ले गरेका थिए ।।।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...