थारु समुदायको अट्वारी पर्व ३१ गते, कैलारी गाउँपालिकाद्वारा दुई दिन बिदा 

पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अट्वारी पर्व यस वर्ष भदौ ३१ गते परेको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतवार तथा कुशेऔंसी पछिको पहिलो आइतवारका दिन अट्वारी पर्व मनाइन्छ।

थारु नागरिक सामाज कैलाली संयोजक तथा थारु अगुवा दिलबहादुर चौधरीले अट्वारी पर्व यहि भदौ ३१ गते परेको बताए। उनले कुशे औंसी पछिको पहिलो आइतवार र भाद्र शुक्ल पक्षको पहिलो आइतवार भदौ ३१ गते परेकोले उक्त दिन थारु समुदायको अट्वारी पर्व परेको बताए।

अट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो। तर, थारु समुदायका महिला पनि अट्वारी व्रत बस्ने गर्दछन्। पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अट्वारी पर्व मनाउने गरेका छन्। यसैबीच, थारु बाहुल क्षेत्र रहेको कैलारी गाउँपालिकाले अट्वारी पर्वमा दुई दिन स्थानीय विदा दिने निर्णय गरेको छ। गाउँपालिकाले भदौ ३१ गते र असोज १ गते स्थानीय बिदा दिने निर्णय गरेको हो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...