
कैलालीको जोशिपुर गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेको गाउँपालिकाकै मुख्य बजार जोशिपुर हो
जोशिपुर बजारमा रहेका दुध डेरि हरुले किसान् संग दुध सस्तोमा किनेर त्यहीँ दुध , दही लगायत दुध बाट उत्पादन गरिएका दहि ,महि,घिउ लगायत अन्य मनोमानी ढंगले चर्को मुल्यमा बेच्ने गरेका छन्
जोशिपुर बजारमा ५ वटा दुध डेरि सनचालनमा छन् ।साना किसान दूध डेरि जुन संस्था द्वारा संचालित छ, मुनुवा दुध डेरि ,कुन्जन दूध डेरि ,राम्रो डेरि राम्रो सुइट नामक डेरि , र सगरमाथा डेरि यी ५ वटा को किसान हरु संग दुध किने र बेच्ने रेट निकै फरक छ ।
एकजना किसान भन्छन् हामीले बेचेको दुध किन जादा हामीलाई नै १ लिटर को ८० रुपैयाँ को दरले किनु पर्छ र दही ११० रुपैयाँको दरले किनु पर्छ । अनि हामी संग दुध किन्दा ६५ रुपैयाँमा किन्छन् । काम गर्ने कालू मकै खाने भालु जस्तै भएको छ यहाँ । ब्यापारी ले नाफा होस् भनेर नै ब्यापार गरेको हुन्छ तर यहाँ त किसानलाई मार्कामा पारिएको छ । किसानलाई त्यस्तै किसिमको मुल्य दिनुपर्ने उनले भने ।
हामी समाचार संकलन को लागि यी ५ वटा डेरि हरुमा पुगेयौ ५ वटा संचालक हरु को अलग अलग प्रतिक्रिया पायौं ।
जसमध्ये कुन्जन डेरिले किसान संग दूध प्रतिलिटर ६० रुपैयाँको दरले किन्दै रहे छ भने दही १ kg को ९० रुपैयाँको दरले बिक्री गरिरहे को छ । त्यस्तै , मुनुवा दुध डेरिले सानाकिसान दुध डेरि संग प्रतिलिटर ७० रुपैयाँको दरले किनेर दहि १kg को १०० रुपैयाँको को दरले बिक्री गरिरहेको रहे को छ। भने त्यस्तै , साना किसान दुध डेरिले किसान संग दुध ६० देखि ६५ रुपैयाँ प्रतिलिटर को दरले किनेर दहि १०० रुपैयाँ १ kg को दरले बिक्री गरिरहेको रहे छ
। त्यस्तै राम्रो डेरि राम्रो सुइट नामक दुध डेरिले दुध साना किसान संग प्रतिलिटर ७० रुपैयाँको दरले खरिद गरेर दहि ११0 रुपैयाँमा बिक्री गरिरहे को रहे छ ।
अर्को छ सगरमाथा दुध डेरि जसको पहिलो शाखा टिकापुर छ भनेर किसान संग दूध कम मुल्यमा किने र उपभोक्त संग चर्को मुल्यमा बेच्ने गरिएको रहे छ । हामी समाचार संकलन गर्न उक्त डेरिमा पुक्दा पसलमा डेरिका संचालक बेद प्रकाश सिग्देल रहेका थिए ,हामी समाचार संकलन गर्न आएको भने कुरा जानकारी दियौं । र संचालक बेद प्रकाश सिग्देल लाई हामीले किसान को गुनासो दुध हामी संग सस्तोमा किनेर आफू हरुले महँगोमा बेचिराहनु भएको छ के हो बास्तबिकता भनेर प्रश्न गरेउ उहाँ उतर दिदै हुनुहुन्थ्यो संचालक सिग्देल ,,त्यतिबेला माथी बाट एकजना लेडिज आउनु भयो ! हाम्रो प्रश्न को उतर संचालक सिग्देल ले दिन नपाई ,,उहाँले यो हाम्रो दोस्रो शाखा हो पहिलो शाखा टिकापुर मा रहेकोे छ उनले भनिन् ,,,अनि हामीले टिकापुर पहिलो शाखा छ भन्दैमा तपाईंले किसान संग सस्तोमा किनेर महँगोमा बेच्न पाइन्छ भन्दा केही बोलिन्न ,र फेरि माथी बाट सिग्देल का छोरा असोक सिग्देल आए उनले भने हामीले गर्दा किसानले अहिले ५ रुपैयाँ बढी पाइरहेका छन् पहिले झन कम थियो । हामीले बजारमा अरुको भन्दा क्वालिटी फरक दिने भएकाले महँगो छ ।
अरु भन्दा किसान् संग सस्तोमा किनेर महँगोमा बेचिएको सगरमाथा दुध डेरि मा पाइएको छ ! उनले ६५ रुपैयाँ प्रतिलिटर किसान् संग दूध किन्छन् त्यसैलाई उनले ८० रुपैयाँ लिटर दुध र ११० रुपैयाँ kg दही बेच्छन् ।।