मेलम्चीको ताण्डव, २ तला सम्मका घर डुबे, तहसनस गर्ने क्रम अझै जारी

काठमाडौँ — अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

हिजो बेलुका ५ बजेतिरबाटै मेलम्चीमा अब के हुने हो भन्ने छटपटी सुरु भइसकेको थियो । लार्केबाट मेलम्चीमा पानी ल्याउने भनिएको मुहानमा पहिरो गएर खोला थुनिएको खबर सुनेको केही घन्टापछि नै थुनिएको भाग फुटेर मेलम्ची बजारमा पानी पस्न थालिसकेको थियो ।

पहिलो बाढी आएको केही बेरमा हेलम्बुबाट पनि उस्तै खालको बाढी आयो । पानी मात्रै नभएर पहिरोको लेदोसहितको पानी बगिरहेको छ । एकैछिनमा खोला शान्त भएजस्तो हुन्छ अनि एकैछिन खोला उर्लेर आउँछ । सायद ठाउँठाउँमा पहिरो जाने, खोला थुनिने, थुनिएको भाग फुटने र फेरि बाढी आउने भएजस्तो देखिन्छ ।

हामी मेलम्ची बजार छेउको इन्द्रावती क्याम्पस छेउमा बसेर बजार पूरै तहसनहस भएको हेरिरहेका छौं । बजारका मानिसहरु हिजो रातिदेखि सुतेका छैनन् । सबैजना छटपटीमा यता र उता कुदिरहेका छन् । कोही भने बग्न लागेको घरभित्रबाट केही सामान निकाल्न सकिन्छ कि भन्ने प्रयासमा छन् । कोही भने बगेका सामान समात्न सकिन्छ कि भन्ने आशमा छन् । कोही भने आफ्नो ज्यान जोगाउन भागदौड गरिरहेका छन् ।

अहिले पनि खोलामा पानीको सतह घटेको छैन । मेलम्ची बजारको सडकको खोला छेउका घरहरु अधिकांश पानीभित्र छोपिएका छन् । दुई तलाका घरसम्म पानीले छोपिएका छन् । प्रदेश सरकारको पहलका करिब ८ करोडको लागतमा बनेर अन्तिम चरणमा पुगेको कर्भड हल पानीले पूरै छोपिएको छ । रेडियो मेलम्चीको तीन तलाको भवनमध्ये दुई तला पूरै पानीमा परेको छ ।

२ वटा पक्की पुल र ३ वटा कच्ची पुल बगिसकेको छ । बगेको पुल अलिक अगाडि पुगेर छडके परेर बसेको देख्न सकिन्छ । बगेको पुलले पानीको बहाव रोकेको र खोला बस्तीतिर पसेको देखिन्छ । केही बेरअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले घरको छतमा फसेका दुईजनाको उद्धार गरेको छ ।

हिजो बेलुकादेखि नै मेलम्चीमा बिजुली गएको छ । बिजुलीका पोलहरु पनि कतिपय ठाउँमा बगाएको छ । बिजुली नभएका कारण मोबाइल पनि धेरैको बन्द हुने देखिन्छ । सञ्चार सम्पर्क विच्छेद भयो भने मेलम्ची कटेर जाने गाउँको कुनै खबर नआउने अवस्था हुनसक्छ । अहिले मेलम्ची बजार कटेर अगाडि बढन सकिने अवस्था छैन् । स्थिति भयावह छ ।

मेलम्चीको पछिल्लो अवस्थाबारे मेलम्ची नगरपालिका–११ का सचिव मधुविलास देवकोटाको भनाइ

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...