रसुवामा एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ परेका छन्।

रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका हुन्।

‘स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो,’ डिएसपी केसीले भने।

शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए।

प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो।

उनीहरू दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको डिएसपी केसीले जानकारी दिए।सेतोपाटी

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...