जोशिपुरमा डेगु रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलालीको जोशिपुर गाउँपालिका मा डेंगी रोग सम्बन्धि हिजो छलफल र डेगु सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जोशिपुर गाउँपालिका स्वास्थ्य शाखा को आयोजनामा डेगु रोकथाम तथा नियन्त्रण सम्बन्धि स्वास्थ्यकर्मी संचारकर्मि र सरोकारवालाहरु संग १ दिने अभिमुखिकरण कार्यक्रम भएको हो ।कार्यक्रममा जोशिपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी , वडा नम्बर ५,६,७ का अध्यक्ष ,कार्यपालिका सदस्य, र वडा सदस्य ,लगायत स्वास्थ्यकर्मी ,जोशिपुर बजार अध्यक्ष ,पत्रकार लगायत को उपस्थिति रहेकोे थियो ।

यो भाइरस बाट लाग्ने रोग हो पछिल्लो समय कैलाली जिल्लाको विभिन्न स्थानमा देखा परेको छ त्यसैअनुरूप हाम्रो यस् जोशिपुर गाउँपालिका को वडा हरु मा पनि देखिएको छ कैलाली जिल्लामा अहिलेसम्म 49 जना संक्रमित देखिएका छन् भने जोशिपुर गाउँपालिकामा समेत ४ जना देखिएका छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले गाउँपालिकाले यस् बिषयमा पुर्णरूपमा सहयोग गर्ने बताए सबैभन्दा पहिला मानिसको स्वास्थ्य राम्रो भए हामीलाई अन्य बिकाशका कामहरू चाहिने हुन त्यसैले पहिला हामी स्वास्थ्य रहौ यस् बिसयमा सबैजना लागौं स्वास्थ्यकर्मी हरु अझै यस बिसयमा लाग्नुपर्ने रहेको छ आर्थिकका लागि चिन्ता नगर्नुहोस् गाउँपालिका तयार रहेकोे छ।

वडा नम्बर का अध्यक्ष भोजराज चौधरीले यस् बिसयमा हामी सबै जनप्रतिनिधि स्वास्थ्यकर्मी समाज सेवि बुद्धि जिवि हरु लाग्नुपर्ने बताए

स्वास्थ्य शाखाका संयोजक निर्प चौधरीले डेगु रोग बाट कसरी बच्ने उपायको बारेमा जानकारी गराएका थिए
एडिस जाति (एजिप्टाई र अल्बोपिक्टस) का पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो । ज्वरो आउने, आँखा रातो हुने र, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन। एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । हेर्दा सानो देखिए पनि यो लामखुट्टेले ठूलाठूला रोगको संक्रमण गराउन सक्छ । यसले डेंगुका साथै चिकनगुनिया, जिका भाइरसलगायतका रोगको संक्रमण पनि गराउन सक्छ । यो लामखुट्टे फोहोरमा बस्छ । स्थिर र सफा पानीमा अन्डा पार्छ । गमला, एसीमा समेत पानी जमेको छ भने अन्डा पार्छ । एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । पोथी जातको लामखुट्टेलाई फुल पार्नका लागि प्रोटिन आवश्यक पर्छ । मानिसको रगतमा प्रचुर मात्रामा प्रोटिन पाइन्छ । त्यसै कारण पोथी लामखुट्टेले मात्र मान्छेको रगत चुस्छ । भाले लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।

अब हरेक वडाको हरेक टोलमा कार्यक्रम सन्चाल गर्ने समेत निर्णय गरिएको छ भने कार्यक्रम लाई सहजीकरण स्वास्थ्यकर्मी मनिशा झा ले गरेकी थिन ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...