युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दै, पहिलो खेल जित्नु महत्वपूर्ण हुने रोनाल्डोको भनाई

१ असार, काठमाडौं । युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ ।

समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो । घरेलु मैदानमा हंगेरीको लागि यो फाइदाको विषय छ ।

सन् २०१६ मा फ्रान्सलाई उसैको मैदानमा हराउँदै पहिलो पटक युरोकप जितेको पोर्चुगल यस पटक पनि स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा खेल्दैछ । रोनाल्डो ३६ वर्ष भइसकेका छन् यस्तै ३८ वर्षीय पेपे पनि टिममा छन् ।

तर यसबाहेक टिममा क्षमतावान् युवा खेलाडीहरु पनि थपिएका छन् । रोनाल्डोले युरोकप सुरु हुनुअघि नै लगातार दुई युरोकप जित्नु महत्वपूर्ण भएको बताएका छन् । यसले उनको नजर उपाधि रक्षामै भएको संकेत गर्दछ । युरोकपअघि कोरोना संक्रमण भएका डिफेण्डर जाओ कान्सेको स्थानमा पोर्चुगलले डिएगो जालोटलाई राखेको छ ।

रोनाल्डोले टिमले राम्रो तयारी गरेको र पहिलो खेल जित्नु महत्वपूर्ण हुने बताएका छन् । ५ वर्षपछि धेरै सम्भावना भएको युवा टिम रहेको र प्रतियोगिता अघि बढ्दै जाँदा राम्रो वा नराम्रो हुने थाहा हुने उनले बताए ।

२०१६ मा पोर्चुगल र हंगेरी समूह चरणमै खेल्दा ३–३ को बराबरीमा खेल टुङ्गिएको थियो ।

ठूला प्रतियोगितामा यी दुई टिम भिड्न लागेको यो तेस्रो पटक हो । यसअघि सन् १९६६ को विश्वकपको समूह चरणमा भेट हुँदा पोर्चुगल विजयी भएको थियो भने पछिल्लो युरोकपमा बराबरी भएको थियो । पोर्चुगल अहिलेसम्म हंगेरीसँग पराजित भएको छैन । १३ खेलमध्ये पोर्चुगल ९ खेलमा विजयी हुँदा ४ खेल बराबरीमा सकिएको छ ।

एक गोल गरे बन्नेछ रोनाल्डोको कीर्तिमान

पाँचौ पटक युरोकप खेल्न लागेको रोनाल्डो युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान नजिक छन् । उनले हंगेरीविरुद्ध एक गोल गरेमा युरोकपमा १० गोल पुग्नेछ । अहिले फ्रेन्च मिचेल प्लाटिनी र रोनाल्डोको समान ९ गोल छ ।

रोनाल्डो लगातार ५ युरोकप खेल्ने पहिलो खेलाडी समेत बन्दैछन् । रोनाल्डोले युरोकपमा सर्वाधिक २१ खेल समेत खेलेका छन् । उनले छनोटसहित गरेर सर्वाधिक ४० गोल गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोल गर्नेमा रोनाल्डो अहिले १०४ गोलसहित दोस्रो स्थानमा छन् र इरानका अली दाईको कीर्तिमानभन्दा उनी ५ गोलले मात्र पछि छन् ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...