करेन्ट लागेर मृत्यु

मेचीनगर, १ असार ।

बुद्धशान्ति गाउँपालिका ३ सितल बस्तीकी ४८ बर्षीया विष्णुमाया बास्कोटाको करेन्ट लागेर मृत्यु भएको छ ।

जंगली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर आज विहान ५ बजे उनी घाइते भएकी थिइन् । घाइते बास्कोटाको उपचारको क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...