लम्किचुहा नगरपालिकाले अतिक्रमित संरचनामा डोजर चलायो ।

कैलालीको लम्कीचुहा नगरपालिकाले अतिक्रमित खोला तथा नाली खाली गराउने कार्य सुरु गरेको छ।

यसअघि पटक पटक सार्वजनिक सुचना जारी गरेको नगरपालिकाले १ नम्वर वडा लम्की बजारको पायनियर्स विद्यालय नजिकको नालाबाट अतिक्रमित भएको ठाउँको रेखांकन कार्य सुरु गरेको थियो। आजदेखि रेखांकन गरिएका ठाउँमा डोजर चलाइएको छ। पटपटक आफुहरुले सूचना जारी गरिएको भन्दै नगर प्रमुख सुशिला शाहीले अब खोलानाला तथा सडक अतिक्रमण गरि बनाइएका संरचना भत्काउन नरोकिने बताइन्।

शुक्रवार (आज) लम्कीचुहा वडा नम्बर १ पाइनिर्यस स्कूलको उत्तरपट्टी गेट नजिकैबाट डोजर लगाएर संरचनाहरु हटाउने कार्य सुरु गरिएको छ। आफुहरु प्रक्रियाका साथ अगाडी बढीरहेका भन्दै संरचना हटाउने काम कोही कसैले नरोक्न र सबैले साथ दिन नगर प्रमुख शाहीले नगरबासीमा आग्रह गरेकि छन्। आफुले बनाएका संरचना हटाउन लाग्दा केही व्यक्तिहरुले असुन्तुष्टि जनाइरहेका बेला नगर प्रमुख शाहीले भने उक्त कार्य अब कुनै हालतमा नरोकिने बताइन्।

यसअघि लम्कीचुहा नगरपालिकाको भुमि व्यवस्थापन आयोग, लम्कीचुहाका अमिन र नापी कार्यालय टीकापुरको संयुक्त टोलीले जनप्रतिनिधि र स्थानियको रोहोबरमा रेखांकन गरेको थियो। रेखांकन गरिएका संरचना आजदेखी हटाउन सुरु गरिएको हो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...