डा.तोसिमाको स्वकीय सचिव बन्न लिखित परीक्षा दिनुपर्ने, खुल्यो आवेदन

प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीको स्वकीय सचिव छान्नका लागि लिखित साथै प्रयोगात्मक परीक्षा हुने भएको छ ।

डा. तोसिमाले आफ्नो सचिवालय सचिवका लागि आवेदन माग गर्दै आज सूचना जारी गर्नुभएको छ । उहाँले लिखित, मौखिक र प्रयोगात्मक परीक्षासमेत लिएर एकजना स्वकीय सचिव छान्न लाग्नुभएको हो ।

आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन वा राजनीतिशास्त्र वा समाजशास्त्र वा अन्तराष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको हुनुपर्ने उल्लेख छ ।

नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दख्खल भएको, नेपाली टाइप एवम् सामान्य डिजाइन गर्न सक्ने, समसामयिक राजनीतिक विषयमा जानकार भएको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

छनोट गर्दा शैक्षिक पृष्ठभूमि, कानुन, समसामयिक विषयको जानकारी, राजनीतिक ज्ञान तथा कार्य अनुभव, नेतृत्व गर्ने क्षमता, काम गर्ने उत्प्रेरणा, प्राविधिक सीप, समस्या समाधानको सीप, कार्य तत्परता र सिर्जनशीलताको आधारमा मूल्याङ्कन हुने जानकारी कार्कीले दिुनभएको छ ।

कुनैपनि सांसदले आवेदन माग गरी परीक्षा लिएर स्वकीय सचिव छान्न लागेको यो पहिलो पटक हो ।

डा. तोसिमा गत साल भएको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँ १९ दिनसम्म स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा समेत रहनुभएको थियो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...