डा.तोसिमाको स्वकीय सचिव बन्न लिखित परीक्षा दिनुपर्ने, खुल्यो आवेदन

प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीको स्वकीय सचिव छान्नका लागि लिखित साथै प्रयोगात्मक परीक्षा हुने भएको छ ।

डा. तोसिमाले आफ्नो सचिवालय सचिवका लागि आवेदन माग गर्दै आज सूचना जारी गर्नुभएको छ । उहाँले लिखित, मौखिक र प्रयोगात्मक परीक्षासमेत लिएर एकजना स्वकीय सचिव छान्न लाग्नुभएको हो ।

आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन वा राजनीतिशास्त्र वा समाजशास्त्र वा अन्तराष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको हुनुपर्ने उल्लेख छ ।

नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दख्खल भएको, नेपाली टाइप एवम् सामान्य डिजाइन गर्न सक्ने, समसामयिक राजनीतिक विषयमा जानकार भएको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

छनोट गर्दा शैक्षिक पृष्ठभूमि, कानुन, समसामयिक विषयको जानकारी, राजनीतिक ज्ञान तथा कार्य अनुभव, नेतृत्व गर्ने क्षमता, काम गर्ने उत्प्रेरणा, प्राविधिक सीप, समस्या समाधानको सीप, कार्य तत्परता र सिर्जनशीलताको आधारमा मूल्याङ्कन हुने जानकारी कार्कीले दिुनभएको छ ।

कुनैपनि सांसदले आवेदन माग गरी परीक्षा लिएर स्वकीय सचिव छान्न लागेको यो पहिलो पटक हो ।

डा. तोसिमा गत साल भएको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँ १९ दिनसम्म स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा समेत रहनुभएको थियो।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...