प्रतिनिधि सभा विघटन मुद्दा : सर्वाेच्च बारबाट घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस

काठमाण्डाै – सर्वाेच्च अदालत बार एसोसिएशनले वरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा सिफारिस गरेको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च बारले घिमिरे र केसीको नाम सिफारिस गरेको हो । 

मङ्गलवार बसेको सर्वाेच्च बारको कार्यसमिति बैठकले कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम एमिकस क्युरीका रुपमा सिफारिस गरिएको बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । 

सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएशन र सर्वाेच्च अदालत बार एसोसिएशनबाट दुईदुई जना एमिकस क्युरी माग गरेको थियो ।  

गएकाे जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यससम्बन्धी सर्वाेच्चमा परेकाे मुद्दा विचाराधीन छ ।  

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...