खोप दिन सरकार सहमत, ट्यांकर चालकद्धारा आन्दोलन फिर्ता

१ असार, काठमाडौं ।
कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ ।

‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं,’ संघका अध्यक्ष ईश्वर लामाले बताए । उनका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।
यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको लामाले बताए ।
आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...