सुदूरपश्चिम प्रदेशको नाम खप्तड–थारु प्रदेश राख्न माग

सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन गर्न माग गरिएको छ।

प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन गर्न माग गरेका हुन्। उनले सुदूरपश्चिम प्रदेशको नाम खप्तड–थारु प्रदेश राख्न माग गरेका छन्। प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘सुदूरपश्चिम प्रदेशलाई पछाडि पारिएको छ। नामैले पछाडि परेको लाग्छ। टाढा लाग्छ। सर्वप्रथम त यो प्रदेशको नाम परिवर्तन गरिनुपर्छ। यहाँको पहिचार झल्किने किसिमले नामाकरण गर्नुपर्छ। प्रदेश स्वायत्त हुने किसिमले पार्टीले निर्धारण गरेको छ, प्रदेशको नाम खप्तड–थारु प्रदेश राख्नु पर्छ।’

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...