वाइसिएल अध्यक्ष श्रीपालीले भने- प्रचण्ड कमरेड, लडाकू शिविरको छानबिन गर्नुहोस्

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष सुवोधराज श्रीपालीले लडाकू शिविर (क्यान्टोनमेन्ट) को छानबिन गर्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माग गरेका छन्।

वाइसिएल नेपाल लगायत माओवादी निकट जनवर्गीय संगठनहरूले सरकारले सुरू गरेको भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै बानेश्वरमा आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष श्रीपाली यस्तो बताएका हुन्।

श्रीपालीले गणतन्त्र प्राप्ति आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरूलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेकोले यसको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन्।

सरकारले नक्कली भुटानी शरणार्थी बनाएका ठूला नेताहरूलाई कानुनको कठघरामा उभ्याउँदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस, एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको भन्दै उनले क्यान्टोनमेन्टको छानबिन गरेर जनतामा परेको भ्रम चिर्नुपर्ने बताए।

‘तत्कालीन समयमा सरकारले नै लडाकू शिविर व्यवस्थापन समिति बनाएर पारदर्शी ढंगले सेना समायोजन काम सम्पन्न गरेका थिए। तर कांग्रेस, एमालेका नेताहरूले अरू कुनै खोट नपाएर जतिखेर पनि क्यान्टोनमेन्टको कुरा निकालेर माओवादीलाई पटकपटक अपमान गरिरहेका छन्,’ उनले भने, ‘यदि उनीहरूको आरोप सत्य हो भने पनि जोकोही दोषी देखे कारबाही गर्नुपर्छ। सरकारले भ्रष्टचारविरूद्धको अभियान रोक्नु हुँदैन।’

नक्कली भुटानी शरणार्थी बनाएको आरोपपछि फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा लुकाएर राखेको समेत उनको आरोप छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...