बाँसको झाडीमा नवजात शिशु फेला

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ रोला खोला किनारको बाँसको झाडीमा नवजात शिशु फेला परेको छ। बिहीवार खोला किनारको बाँसको झाडीमा फालिएको जिवित शिशु फेला परेको हो।एक हप्ता अगाडि जन्मिएको शिशुलाई झाडीमा फालेको अवस्थामा जिवतै शिशुको उद्दार गरिएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारमा श्रीमान गएको अवस्थामा घरमा बच्चा जन्माएकी महिलाले शिशु जन्मेको एक हप्तापछि खोलामा फालेको खुलेको कैलाली प्रहरीले जनाएको छ।शिशु फालेर फरार भएकी महिलालाई माइती नेपालको सहयोगमा महेन्द्रनगरबाट पक्राउ गरेर कैलाली ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए
शिशुको लम्कीको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...