केही दिनमा देशभर सक्रिय हुने

२९ जेठ, काठमाडौं । शुक्रबार नेपालको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा प्रवेश गरेको मनसुन केही दिनमा देशभर फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका प्रवक्ता सुमनकुमार रेग्मीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मनसुनको आगमनसँगै यस वर्ष बाढी र पहिरोको जोखिम धेरै हुने सम्भावना रहेको उल्लेख गरेका छन् । ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदी तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रमा डुबान समेत हुन सक्ने सम्भावना भएकाले मनसुनको अवधिभर सर्वसाधारण तथा सरोकारवाला निकायहरुलाई आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...