कृषकहरुलाई कृषि औजार वितरण

कुमरखोद, वैशाख १३ । झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको कुमरखोद साना किसान कृषि सहकारी संस्थाको कृषकहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाईले अनुदानमा कृषकहरुलाई कृषि सम्बन्धी विभिन्न औजारहरु दिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई झापाले मकैखेती चक्ला वन्दी कार्यक्रम अन्र्तगत कुमरखोद सानाकिसान कृषि सहकारीका कृषकहरुलाई कृषि सामाग्री वितरण गरेका थिए । आज एक कार्यक्रमका वीच कृषकहरुलाई स्प्रे टेंकी , हलो र मकै सुकाउने झुलहरु कृषकहरुलाई हस्तान्तरण गरेका थिए ।
कुमरखोद सानाकिसान कृषि सहकारीका अध्यक्ष कल्पना कुमारी खड्काको अध्यक्षातमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए । अध्यक्ष शाहले यस गाउँपालिकामा ७० वटा कृषक समुहहरु दत्र्ता भएका छन् भने अभैm दत्र्ता हुने प्रकृयामा रहेका छन् । झापा गाउँपालिकालाई मकैजोन सँगसँगै धान सुपरजोन वनाउने लक्ष्य रहेको वताए । अध्यक्ष शाहले झापा गाउँपालिकालाई
माधव पोखरेलले स्वागत मन्तव्य दिएको कार्यक्रममा प्रमुख अतिथी जयनारायण शाह रहेका थिए भने विशिष्ट अतिथी रहेका कृषि अधिकृत सन्तोष थापाले कृषि सम्वन्धी कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए । कार्यक्रममा कृषि प्राविधिक लक्ष्मी काप्ले वडा कार्यवहाक अध्यक्ष कृष्ण प्रसाद गणेश , वडा सचिव नारायण चम्लागाई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन कुमरखोद सानाकिसानका प्रवन्ध रुपक राजवंशीले गरेका थिए ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...